Mysticism

 

Mysticism

"तिम्रो आज जन्म दिवस पनि हो। तिमीले कुन प्रज्ञात चातुर्यद्वारा आजको बडा दिनमा पृथ्वीमा अवतीर्ण हुने निधो गर्‍यौ? तेसैले- जसले तिमीलाई आफ्नो जन्म दिवस रोजायो- तिमीलाई जीवनमा बडाबडा कार्यपट्टि अग्रसर गराइरहने छ। तिमीलाई मेरो आशीर्वाद छ- ठूलोठूलो भए। कुनै प्रकारको नि नता र तुच्छताले तिमीलाई स्पर्श गर्न नसकोस्।

सत्य या असत्य के हो तेसको चर्चा या अनुसन्धानपट्टि मात्र मानिस लागिरह्यो भने ऊ रहस्यवादको लोकमा पुग्छ जहाँको प्राप्ति, देखिने नदेखिने, बुझिने नबुझिने, प्रकाश र छायाँको द्वाभामा झुलुक्क हुने र नि ने कुनै वस्तु भेट्टाएको जस्तो भान, अनुमान र अनुभवको हलुको स्पर्श मात्र हुन्छ। जीवनमा तेस्तो परास्तकारी रहस्यवादको स्थान होला। तर आज तिमीलाई यौटा कुरा सम्झाउन चाहन्छु। त्यो के हो भने, तिमी कर्तव्यशीलताको आधार रहस्यवादी लोकको कुनै मापमा नभएर, दैनिक जीवनमै उपलब्ध हुने वस्तुमा नै अडोस्।"

0 Comments